Logo

नागरिकतासहित जनसरोकारका विधेयक संसद्मा लैजान प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरू सहमत



काठमाडौं, २३ माघ । सरकारले जनसरोकारका विधेयक संसद्मा प्रस्तुत गर्ने गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राजनीतिका दलका प्रमुख सचेतकहरुलाई बोलाएर जनसरोकारका विधेयकलाई प्राथमिकता दिने बारेमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आजको बैठकमा नागरिकता, संक्रमणकालीन न्याय, विकास, शिक्षा, स्वास्थ्य, सुशासन लगायतका विषयमा महत्व राख्ने विधेयक संसद्मा लैजाने समझदारी बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot