Logo

राष्ट्रिय सहमतिको प्रयास–प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता



काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाएका छन् । सत्तारुढ दल माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रिय सहमतिको सरकारका लागि सकारात्मक भएपनि एमाले राष्ट्रिय सहमतिको सरकार निर्माणमा सकारात्मक छैन ।

प्रधानमन्त्री प्रचण्ड आगामी फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने प्रयासमा छन् । तर, एमाले पुष १० मा भएको सहमतिबाट पछि नहट्ने पक्षमा छ। प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा राष्ट्रपति एमालेको भागमा परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot