Logo

मधेश प्रदेश सरकारमा सहभागी हुँदै माओवादी



काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेशमा माओवादी सरकारमा सहभागी भएको थिएन । माधेशमा माओवादी एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन सहमत भएको हो । माओवादीले उद्योग, वन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएको छ ।

माओवादीबाट सुनिता यादव मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने बताइएको छ । यादव सहिद रामवृक्ष यादवकी छोरी हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्