काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकाका कुखुरा फार्महरुमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको बताइएको छ ।
बर्डफ्लू संक्रमण पुष्टि भएका फार्मका कुखुरा र अन्डा नष्ट गरिने बताइएको छ ।