काठमाडौं, २४ माघ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गरेकी छिन्।
उनले आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
सत्तारुढ गठबन्धनबाट माओवादीकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी थिइन्।