Logo

प्रहरी विटमा बालेनको डोजर



काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको नेपाल प्रहरीको विटमा डोजर चलाएको छ । मैतीदेवी चोकमा फुटपाथ र सडक मिचेर निर्माण भएको विट नेपाल प्रहरीको समन्वयमा भत्काइएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरले निरन्तर रुपमा अवैध संरचना हटाउने कार्य जारी राखेको छ । मैतीदेवीको प्रहरी विट अन्यत्र सारिने बताइएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्