काठमाडौं, २५ माघ । नेपाली कांग्रेसलाई संसद्को प्रमुख प्रतिपक्षी दल नबनाउन भन्दै सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै अधिवक्ता विमल पोखरेलले संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
सुनुवाइका लागि बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको उक्त रिटमा सर्वोच्चले संघीय संसद् सचिवालयसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिनुको कारण सोधेको हो । साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउने निर्णयसमेत भएको छ ।
कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता नदिन परेको रिटमा सर्वोच्चको दरपीठ