काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। ४ बजेबस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने छन्। तर विश्वासको मतका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत नदिने बताएको छ।
नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अहिलेपनि काठमाडौं रहेको हुँदा नागरिक उन्मुक्तिका सांसद् बिना नै बैठक बसेको हो।
नागरिक उन्मुक्तिका सांसद्हरुले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावलको पद धरापमा रहेको छ।
मुख्यमन्त्री रावलका लागि विश्वासको मत लिने आज अन्तिम दिन हो।