काठमाडौं, २७ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुर भएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।
संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रममा छलफल हुने जनाइएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रबि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुको सहभागीता रहेको छ।