Logo

अत्यावश्यक निर्माणका काममा मन्त्रालयले चाँडो पहल गर्ने भौतिक मन्त्री श्रेष्ठको प्रतिवद्धता



सर्लाही, २७ माघ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अत्यावश्यक पूर्वाधार निर्माणका काममा मन्त्रालयले छिटोभन्दा छिटो पहल गर्ने बताएका छन्।

सर्लाहीका पूर्व सांसद नरेन्द्र साहको उपस्थितमा मन्त्री श्रेष्ठले सर्लाहीकै क्षेत्र नम्बर ३ का विभिन्न स्थानको निरिक्षण गरेर अत्यावश्यक पूर्वाधार निर्माणका काम गर्न मन्त्रालयले पहल गर्ने बताएका हुन।

हेलिकप्टरमार्फत सर्लाही पुगेका मन्त्री श्रेष्ठले हेमपुर, सुन्दरपुर र हिरापुरको स्थानीयसँग भेटेर त्यहाँको समस्या बारेमा जानकारी लिएका थिए। हेमपुरमा लखनदेही नदीमाथि पुल निर्माण, सुन्दरपुरमा लखनदेही नदीमा तटबन्ध र ढंङ्गरा नदीमा पुल निर्माण तथा हिरापुर व्यारेजमा पनि पुल निर्माणका लागि स्थानीयले मन्त्री श्रेष्ठसंग माग राखेका थिए।

स्थानीयले राखेको माग सम्बोधन गर्न आफू सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्