काठमाडौं, २७ माघ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन्।
उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिन नेपाल आउन लागेका हुन्। प्रधानमन्त्रीको भारत भ्रमणको निमन्त्रणाका साथै द्विपक्षीय भेटवार्ताका लागि उनी काठमाडौं आउन लागेको स्रोतले जनाएको छ।
क्वात्रा सोमबार र मंगलबार नेपाल आउने कार्यक्रम रहेको बताइएको छ।