काठमाडौं, २७ माघ । नागरिक उम्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ डिल्लिबजार कारागार पुगेकी छन् । बालुवाटारको उत्तस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी नभएर उनी आज (शुक्रबार) रेशम चौधरी भेट्न डिल्लिबजार कारागारमा गएकी हुन् ।
अहिले श्रेष्ठ र चौधरीबीच संवाद भइरहेको स्रोतले बताएको छ । आज बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नाउपालगायत सत्ता गठबन्धनका तीन दल सहभागी भएनन् । नाउपाले समर्थन नगरेकै कारण सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।