Logo

विपल्वसहित ४ कम्युनिस्ट पार्टीको एकता हुँदै



काठमाडौं, २७ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले एकता गर्ने भएका छन्।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता र सहकार्यकालागि फागुन १५ गते बैठक बस्ने बताइएको छ।

शुक्रबार बसेको ४ पार्टीको बैठकले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस निर्णय गर्न फागुन १५ गते बैठक बस्ने प्रेस विज्ञप्ति जारी गर्दै बताइएको छ।



प्रतिक्रिया दिनुहोस्