Logo

सुदूरपश्चिम : मुख्यमन्त्रीपछि कांग्रेसका देउवा र एसका शाहीले लिए मन्त्रीको शपथ



काठमाडौं, २७ माघ । सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्‍ विस्तार भएको छ। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार र एकीकृत समाजवादीबाट नरेश शाही आर्थिक मामिला मन्त्री नियुक्त भएका छन्।

उनीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

यसअघिका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

शपथ लगत्तै कांग्रेसबाट १ र एकीकृत समाजवादीबाट १ गरी २ जनालाई मन्त्री बनाउने शाहको तयारी रहेको छ।



प्रतिक्रिया दिनुहोस्