Logo

शपथ खाएको भोलिपल्टैबाट रेशमको घर धाउन थाले सुदूरपश्चिमका मुख्यमन्त्री शाह



काठमाडौं, २८ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको जानकी गाउँपालिका–६ स्थित जगतपुर पुगेर रेशम चौधरीकी आमासँग भेट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका मुख्यमन्त्री शाह आज (शनिबार) रेशमकी आमा सुल्फी देवी चौधरीसँग भेट गरेका हुन् । भेटमा उनले रेशमलाई जेलमुक्त गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री शाह रेशमको घर पुग्नुलाई नागरिक उन्मुक्ति पार्टीको साथ खोज्दै पुगेको बुझिएको छ ।

सुदूरपश्चिम सरकारको निर्णायक भूमिकामा नउपा रहेको छ । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कुनै दलको पनि बहुमत छैन । निर्णायक भूमिकामा नागरिक उन्मुक्ति पार्टी रहेको छ । कांग्रेस १९, माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् । बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक छ । नाउपाले विश्वासको मत नदिँदा राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार ढलेको थियो ।

रावल नेतृत्वको सरकार ढलेसँगै प्रदेशसभामा सबैभन्दा धेरै सांसद भएको दल (प्रदेश सभाको सबैभन्दा ठूलो दल) को संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहले तीस दिनभित्र विश्वासको मत लिन नसकेमा उनी नेतृत्वको सरकार पनि ढल्ने छ । शाहलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को साथ रहेपनि निर्णायक नाउपा रहेको छ । नाउपाले कुनै दललाई पनि प्रदेश सरकार निर्माणमा सहयोग नगर्ने बताउँदैृ आएको छ । टीकापुर घटनाका राजबन्दीलाई रिहाइ गर्न सरकारसँग माग गरिरहेको नाउपाले रेशम लगायत जेल जीवन विताइरहेका राजबन्दीहरुको रिहा नभएसम्म सरकार निर्माणमा समर्थन नगर्ने बताउँदै आएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot