Logo

महिला टी–२० विश्वकप : श्रीलंकाको विजयी सुरुवात



एजेन्सी । श्रीलंकाले आइसीसी महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

घरेलु टोली दक्षिण अफ्रिकाले भने प्रतियोगिता हारबाट सुरुवात गरेको छ। श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो।



प्रतिक्रिया दिनुहोस्

Screenshot