Logo

चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा अतिआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने



काठमाडौं, २८ माघ । नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा अतिआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने भएको छ।

संघले आज विज्ञप्ती जारी गर्दै चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठ्ठी चार्ज गरी घाईते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सो घटनाको विरोध गर्दै संघले आईतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्