Logo

पुष १० कै जगमा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति बन्छ– योगेश भट्टराई



काठमाडौं, २८ माघ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पुष १० कै सहमति अनुसार एमालेले सिफारिस गरेको उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रपतिको निर्वाचनमा माओवादी पुष १० को सहमतिबाट पछि हट्न नहुने बताएका हुन् ।

पुष १० गते जुन जगमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । त्यही जगमा नेकपा (एमाले) बाट प्रस्तावित व्यक्ति राष्ट्रपति बन्छ । त्यही जगमा प्रदेशहरुमा मुख्यमन्त्री बनेका छन् । पुष १० गते भएको सहमतिकै जगमा आज प्रचण्ड कम्रेडको क्याबिनेट बनेको छ । अन्यत्र सबै ठाउँमा पुष १० को सहमति अनुसार बन्न हुने, राष्ट्रपति बन्न नहुने ? के हुन्छ त्यस्तो ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot