एजेन्सी । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछ। आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुँदैछन्।
आज हुने पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ।
आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छन्। आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका साबिक बिजेता अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
पार्लस्थित बोल्याण्ड पार्कमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०:४५ बजे आयोजना हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागीता छ। सहभागी १० टोलीलाई ५-५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ।