Logo

चिकित्सक संघ र सरकारबीच वार्ता



काठमाडौं, २९ माघ । नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको छ । चिकित्सकहरुले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि सरकारले वार्तामा बोलाएको हो । आज (आइतबार) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकार र चिकित्सक संघका पदाधिकारीबीच वार्ता सुरु भएको छ ।

वार्तामा चिकित्सक संघबाट डा. लोचन कार्की, डा.बद्री रिजाल, डा. रुद्र मरासिनीलगायतका प्रतिनिधिहरु सहभागी छन् भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु सहभागी रहेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकलाई लाठी चार्ज गरेको विरोधमा चिकित्सक संघले देशभरका अस्पतालमा आपतकालीन सेवा बाहेकका सेवा बन्द गराउने निर्णय गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्