Logo

उपचार सेवा माग्दै अस्पतालमा विरामीले गरे प्रदर्शन



काठमाडौं, २९ माघ । उपचारका लागि वीर अस्पताल पुगेका विरामीे अस्पताल बन्द भएपछि मर्कामा परेका छन् । उनीहरुले उपचार सेवाको माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका एक वरिष्ठ सर्जनलाई प्रहरीले लाठी चार्ज गरेको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आपतकालीन बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

यो सँगै उपचारका लागि टाढा–टाढाबाट आएका विरामीहरु अस्पतालमै अलपत्र परेका छन् । उपचारका लागि वीर अस्पताल पुगेका विरामीले तत्काल अस्पताल खोलेर चेकजाँच गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्