Logo

अनेरास्ववियुको २३औं महाधिवेशन : विद्युतीय मतदान प्रणाली



काठमाडौं, २९ माघ । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले आफ्नो २३औं महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराललगायतका पदाधिकारीको सहभागीता रहेको थियो। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बरालले अधिवेशनपछि नयाँ बन्ने केन्द्रीय कमिटी १९९ सदस्यीय हुने जानकारी गराएकी छिन्।

उनले सकेसम्म सहमतीमै नेतृत्व चयन गर्ने र नसके विद्युतीय मतदान प्रणालीबाट नेतृत्व चयन हुने बताएकी छिन्।

यस्तै उनले ३ ओटा आयोग र आयोगमा अध्यक्ष र सचिवसहित १५ जनाको टीम हुने बताएकि छिन्।

अनेरास्ववियुको महाधिवेशन फागुन २ देखि ३ गते काठमाडौंमा हुनेछ।



प्रतिक्रिया दिनुहोस्