Logo

माधव नेपाल धनगढी पुगे, प्रचण्ड भोलि जाँदै



काठमाडौं, २९ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज धनगढी पुगेका छन्। उनी पार्टीको प्रदेश कमिटी बैठकका लागि धनगढी पुगेका हुन्।

अध्यक्ष नेपाल आज पार्टीको बैठकमा सहभागी हुनेछन् भने भोलि प्रशिक्षण कार्यक्रममा सहभागी हुने समाजवादीले जनाएको छ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ भोलि धनगढी जाने भएका छन्।

उनी भोलि गेटामा रहेको गेटा मेडिकल कलेजको निरीक्षण गर्नेछन्। त्यसलगत्तै कञ्चनपुरमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नका लागि धनगढी जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री  प्रचण्ड र अध्यक्ष नेपाल भोलि काठमाडौं फर्किनेछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot