काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ श्रावण-२०७९ आषाढ) पेश हुने कार्यसूची रहेको छ।
बैठकमा उपप्रधानन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनसम्बन्धमा वक्तव्य दिने कार्यसूचीमा उल्लेख छ।