काठमाडौं, २९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त ७ मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई आज प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
नयाँ मन्त्रीहुनेमा एमालेका ३ जना, माओवादीका २ जना तथा राप्रपा र जनमत पार्टीका एक–एक जना रहेका छन्।
एमालेबाट स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा रहेका छन्।
यस्तै माओवादीबाट आर्थिक मामिला मन्त्री जोखबहादुर महरा र भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु रहेका छन्। त्यस्तै राप्रपाबाट उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव र जनमतबाट सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता रहेका छन्।