Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र रेशम चौधरीबीच कारागारमै भेटवार्ता



काठमाडौं, २९ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटवार्ता भएको छ।

भेटवार्तामा मुख्यमन्त्री शाहले विश्वासको मतका लागि आग्रह गरेका छन् भने चौधरीले आफूलगायत टिकापुर घटनाका आरोपीहरुलाई जेलबाट छुटाउन पहल गर्न आग्रह गरेका छन्।

सुदूरपश्चिममा सरकार निर्माणका लागि निर्णायक मानिएको नाउपाले यसअघि एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका थिए।

मुख्यमन्त्री शाहले फागुन २५ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने छ।

विश्वासको मतका लागि मुख्यमन्त्री शाह चौधरी भेट्न डिल्लीबजार कारागार पुगेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot