Logo

काठमाडौं आइपुगे भारतीय विदेश सचिव क्वात्रा



काठमाडौं, १ फागुन । भारतका विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् । नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपालको औपचारिक भ्रमणमा आएका हुन् । उनी केहीबेर अघि काठमाडौं आइपुगेका छन् । भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । उनले आजै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट्ने कार्यक्रम रहेको छ । विदेश सचिव क्वात्राले भोली (मंगलवार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । भोली नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कनेछन् ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । उनी यसअघि नेपालका लागि भारतीय राजदूतको रुपमा काम गरिसकेका छन् । Photo By Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्