Logo

सार्वजनिक विदाप्रति बास्कोटाको टिप्पणी– ‘प्रचण्डले पुर्व देखाएर पश्चिम हान्न रैछ’



काठमाडौं, १ फागुन । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्ध दिवसका सर्वाजनिक विदा दिएर मौकामा हिरा फोरेको टिप्पणी गरेका छन् ।

केही दिनअघि प्रधानमन्त्री प्रचण्डले सचिवस्तरीय बैठकमा विदा कटौतीबारे ब्रिफिङ गरेको स्मरण गर्दै उनले प्रचण्डले पूर्व देखाएर पश्चिम हानेको व्याङ्ग्य गरेका छन् ।

‘अस्तिसम्म विदा बढी भो भन्थे–प्रम पुष्पकमल दहाल किन रैछ भनेको त पुर्व देखाएर पश्चिम हान्न रैछ।तैं चुप मैं चुप।मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले,’ उनले समाजिक सञ्जालमा लेखेका छन्।



प्रतिक्रिया दिनुहोस्