Logo

दुर्गा प्रसाईँको अभियानमा पूर्वराजा ज्ञानेन्द्रको साथ



काठमाडौं, १ फागुन । नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईँले सुरु गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ मा पूर्वराजा ज्ञानेन्द्र शाहले साथ दिएका छन् ।

सोमबार झापाबाट कार्यक्रम सुरुवातको घोषणा गरेका प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा लगायत पूर्वराज परिवारलाई निमन्त्रणा गरेका थिए ।

उनको अभियानमा ठूला राजनीतिक दलका शीर्ष नेताहरु सहभागी नभएपनि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, पूर्वअधिराजकुमारी पे्ररणा शाहसहितका राजपरिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot