Logo

माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता



काठमाडौं, २ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

हिजो (सोमबार) नेपाल आएपुगेका भारतीय विदेश सचिव क्वात्राले मंगलबार कोटेश्वरस्थित नेता नेपालको निजि निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको नेता नेपालको सचिवालयले जनाएको छ । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot