Logo

अनेरास्ववियु महाधिवेशन– एमाले अध्यक्ष ओलीले गरे उद्घाटन



काठमाडौं, २ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । मंगलबार काठकाडौंस्थित् प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहमा एमाले अध्यक्ष ओलीले ड्रोन उठाएर महाधिवेशनको उद्घाटन गरेका हुन् ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ । अनेरास्ववियुको यो महाधिवेशन सात वर्षपछि भएको हो । २३ औं महाधिवेशनमा अनेरास्ववियुले विद्युतीय भोटिङको व्यवस्था गर्ने भएको छ । उद्घाटन समारोहमा दलका अन्य नेताहरु पनि सहभागी छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot