Logo

अनेरास्ववियुका कार्यकर्ताले महत्वकांक्षा लिन हुँदैन– केपी ओली



काठमाडौं, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) उद्देश्य बोक्ने संगठन भएको बताएका छन् । आज (मंगलबार) अनेरास्ववियुको २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेरास्ववियुका कार्यकर्ताले महत्वकांक्षा छाडेर संकल्प र उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘अनेरास्ववियुका कार्यकर्ताले महत्वकांक्षा लिन हुँदैन, संकल्प लिनुपर्छ । अनेरास्ववियु उद्देश्य बोक्ने संस्था हो महत्वकांक्षा बोक्ने संस्था होइन । अनेरास्ववियु विद्यार्थी आन्दोलनको मात्रै मूलधार होइन । विद्यार्थी संगठनको मात्रै मुलधार होइन । नेपालको राजनीतिमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको गौरवपूर्ण इतिहास भएको संगठन हो । विद्यार्थीहरुको क्षेत्रमा सबैभन्दा ठूलो, शक्तिशाली, विचारवान, अग्रगामी, प्रगतिशील संगठन हो,’ उनले भने ।

विचार, इतिहास र संगठनको हिसाबले अनेरास्ववियुसँग कसैको पनि तुलना नहुने अध्यक्ष ओलीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्