Logo

नेपाललाई चौथो झट्का



काठमाडौं, २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेको नेपाललाई चौथो झट्का लागेको छ।

नेपालले चौथो विकेटकोरुपमा कुशल मल्ललाई गुमाउनु परेको हो। मल्ल १३ बलमा ६ रन जोड्दै आउट भएका हुन्।

यसअघि नेपालले पहिलो विकेटको रुपमा आशिफ शेख र ज्ञानेन्द्र मल्ललाई गुमाएको थियोभने तेस्रो विकेटकारुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ।

शेख ५ बलमा शून्य रनमा आउट भएका हुन् भने मल्ल ३५ बलमा २५ रन जोड्दै आउट भएका हुन्। पौडेल ७६ बलमा ७५ रन जोड्दै आउट भएका हुन्।

टस हारेर ब्याटिङ् गरेको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

नेपालले ताजा अवस्थामा ३६.० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्