Logo

नेपालको २ सय रन पूरा



काठमाडौं, २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेको नेपालले २ सय रन पूरा गरेको छ।

नेपालले ३६.५ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेलले ९२ बलमा ९३ रन जोड्दै क्रिजमा रहेका छन् भने उनलाई दिपेन्द्रसिंह एरीले २ बलमा १ रन जोड्दै सघाइरहेका छन्।

टस हारेर ब्याटिङ् गरेको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

नेपालका लागि करन केसीले ५ विकेट लिएका छन् भने सन्दीप लामिछानेले ३ विकेट लिएका छन्।

यस्तै सोमपाल कामी र कुशल मल्ले समान १/१ विकेट लिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot