Logo

राप्रपाको राजावादी एजेण्डामा शंकर पोखरेलको टिप्पणी– ‘सामन्ती प्रेत ब्युँताउने प्रयास गरिँदैछ’



काठमाडौं, २ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको राजावादी एजेण्डालाई सामन्ती प्रेतको संज्ञा दिएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले मसानघाट पुगेको सामन्ती प्रेतलाई राप्रपाले फेरि ब्युँताउने कोशिस गरेको बताएका हुन् ।

‘मसानघाट पुगेको सामन्ती प्रेतलाई फेरि ब्युँताउने प्रयास गरिँदैछ। त्यसको खबरदारी गर्ने कामको नेतृत्व आजको अनेरास्ववियुले गर्नुपर्छ । मसान घाटमा पुगेको प्रेतलाई ब्युँताउने प्रयास किमार्थ सफल हुनसक्दैन । त्यस्तो हुन नदिन र गणतन्त्रलाई संस्थागत गर्न पहरेदारका रूपमा प्रस्तुत हुन्छौं । अराजकतालाई अन्त्य गर्न हामी पहरेदार बन्न तयार छौं,’ उनले भने ।

साथै, अहिले नेपाली राजनीतिमा अवसरवादको हाबी भएको उनको टिप्पणी छ । अहिले राजनीतिमा देखापरेको अवसरवादलाई परास्त गर्नु चुनौतिको विषय बनेको उनको दाबी छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot