Logo

फागुन २५ पछि मात्रै प्रधानमन्त्री दाहालको भारत भ्रमण



काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २५ गतेपछि मात्रै भारत भ्रमणमा जाने भएका छन्।

उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै भारत भ्रमणमा जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हाल देशको राजनीतिक अवस्था विषम भएको र तत्कालै भारत भ्रमणमा गए राष्ट्रपति निर्वाचनमा असरपर्ने हुँदा फागुन २५ गतेपछि मात्रै प्रधानमन्त्री भारत भ्रमणमा जाने सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटेर भारत भ्रमणको बारेमा कुरा राखेका छन्। तर मिति एकिन भएको छैन।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot