काठमाडौं, २ फागुन । निर्मला कुर्मीको न्यायका लागि भनि माइतीघर मण्डलामा आन्दोलनरत महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ।
मंगलबार आन्दोलनरत पक्ष र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ।
उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सुरक्षा निकायले समन्वय गर्ने सहमति भएको जनाइएको छ।