काठमाडौं, २ फागुन । नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाट गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।
यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा लुटपाट भएको थियो।
सोमबार सार्वजनिक यातायात क्षेत्रका मजदुरले गरेको विरोध प्रदर्शन भड्किएको मौका छोपेर लुटपाट भएको थियो।
लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। तर प्रहरीले पक्राउ पर्नेहरुको नामभने खुलाएको छैन।