Logo

हामीले शिक्षालाई देशको स्रोत साधनसँग जोड्न सकेनौं– चन्द्र भण्डारी



काठमाडौं,३ फागुन । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अब नेपालकोे माटो छोएर बोल्नुपर्ने अवस्था आएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै शिक्षा, स्वाथ्य लगायतका विषयमा चासो राखेका हुन् । ६५ वर्षसम्म देश शिक्षा, स्वास्थ्य, खाना, नाना र छाना लगायतका कुरामा अल्झिएको उनको बुझाइ छ । प्रकृतिक स्रोत र साधनले सम्पन्न मुलुक भएपनि नेपालीहरु अझैपनि गाँस, बास र कपासमै रुमलिनु परेको बताएका हुन् ।

‘नेपालीको नाताले नेपाली माटो छोएर केही बोल्नुपर्ने अवस्था सिर्जना भएको छ । सभामुख महोदय, यो ग्लोबल भिलेजमा हामी कहाँ रहेका छौं । हामी प्रविधिमा कहाँ जाँदैछौं ? विश्वलाई हेर्दा प्रविधिको विकासमा हामी अल्फा जेनेरेशनमा आएका छौं । विश्वको मानचित्रमा हाम्रो देशको शिक्षा, स्वास्थ्य, योजना कहाँ पुग्दैछ । आज पनि हामी खाना, नाना र छानाको कुरा गर्दैछौं,’ उनले भने ।

सरकारले शिक्षालाई देशमा पाइने स्रोत र साधनसँग जोड्न नसकेको उनको बुझाइ छ । अहिलेको पाठ्यक्रममा विद्यार्थीहरु पढ्न जान नचाहेको उनले बताए । साथै, स्वाथ्यका क्षेत्रमा मेडिकल माफियाको चकचकी रहेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot