Logo

मानव अधिकार आयोगलाई शक्तिशाली बनाउन प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता



काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकार आयोगलाई स्रोतसाधन सम्पन्न र शक्तिशाली बनाउने बताएका छन् । बुधबार राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा आयोगलाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन चाहेको बताएका हुन् ।

‘नेपालको राष्ट्रिय र अन्तराष्ट्रिय छवि कस्तो छ भन्ने कुरा मानव अधिकारको स्थितिबाट नापिन्छ । मेरो कार्यकालमा आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छु,’ उनले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot