Logo

न्यायाधीश गिरीविरुद्द प्रदर्शन गर्ने चार जना महिला प्रहरीको नियन्त्रणमा



काठमाडौं, ३ फागुन । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्ने चार जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यौन हिंसाको आरोप लागेको न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै उनीहरुले काठमाडौंको नयाँ बानेश्वरस्थित् संसद् भवन अगाडि प्रदर्शन गरेका थिए ।

न्यायाधीश गिरीविरुद्द उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको भन्दै कारबाहीका लागि उजुरी दिएकी थिइन् । न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रतिनिधि सभा बैठक चलिरहेको बेलामा प्रदर्शन गरेका थिए ।

File Photo

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot