Logo

अनेरास्ववियुमा सहमति हुन नसकेपछि मतदान हुँदै



काठमाडौं, ४ फागुन । अनेरास्ववियुको २३ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयन हुननसकेपछि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ।

मतदान अहिले नयाँ नेतृत्व चयनका लागि नेपाल प्रज्ञा प्रस्ठानमा भइरहेको छ।

अनेरास्ववियुको नेतृत्वका धेरै जनाको उम्मेद्‍वारी परेको छ। जसमध्ये अध्यक्षका लागि ५ ले उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि उम्मेद्‍वारी दिनेमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन्।

त्यस्तै उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिँदा महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन्।

सचिव खुलातर्फ ४८ जनाले उम्मेदवारी दिएका छन् भने सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्