काठमाडौं, ४ फागुन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। यसअघि दुई हप्ता पहिला भारतले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको थियो।
भारतले नेपाल आयल निगमलाई पठाएको पत्रअनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १.१७ रुपैयाँ, डिजल साढे ६ रुपैयाँ र हवाई इन्धन ३.८८ रुपैयाँले घटेर आएको हो।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेको छ।