Logo

के हो एमालेको ‘ग्रास रुट’ अभियान ?



काठमाडौं, ५ फागुन । नेकपा (एमाले) को ‘ग्रस रूट’ अभियान आजदेखि सुरू भएको छ । गत माघ २६ मा बसको पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार आजबाट उक्त अभियान सञ्चालन गर्न लागिएको हो । मिसन ग्रासरुट नाम दिइएको दुई महिने अभियानले पार्टी सुदृढीकरण तथा विस्तारमा सहयोग पुर्‍याउने बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधनपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ। अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन्। एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ।

‘ग्रास रूट अभियान अन्तर्गत् सातैवटा प्रदेशमा एमालेका शीर्ष तहका नेताहरु खटिने भएका छन् । वशेष कमिटी अन्तर्गत् (केन्द्रमा) भने महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र नेता डा भीष्म अधिकारी छन् ।



प्रतिक्रिया दिनुहोस्