Logo

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया गरिँदै



काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया गरिने भएको छ । अहिले उनको शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको बताइएको छ । ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीको थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको छ ।

सांसद भण्डारीका. उपचारका लागि नेपालमा उपयुक्त साधन नभएपछि थप उपचारका लागि बिहिबार श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । नेता भण्डारीको अहिलेको अवस्था खतरामुक्त भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot