Logo

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध ५० भन्दा बढी संघ/संस्थाको सडक आन्दोलन



काठमाडौं, ५ फागुन । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको विरुद्ध व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ५० भन्दाबढ संघ /संस्थाहरु आज (शुक्रबार) देखि आन्दोलनमा उत्रिएका हुन् ।

गत माघ २९ गते महासंघले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलन  घोषणा गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी व्याज बढाउँदा पनि सरकारले नियन्त्रणको कुनै प्रयास नगरेको व्यवसायीहरुको आरोप छ ।

व्यवसायीले आज माइतीघर मण्डलामा विशाल यालीसहित आन्दोलन गर्न लागेका हुन् । व्यवसायीहरुले जुद्ध शालिक न्यूरोड, नयाँ बानेश्वर, अनामनगर हनुमानथान तीनतिरबाट र्‍याली निकाल्दै माइतीघर मण्डलामा गएर कोणसभा गर्ने भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध विभिन्न ३५ संघ/संस्थाद्धारा फागुन ५ गतेदेखि संयुक्त आन्दोलनको घोषण

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot