काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।
नेपालका लागि आशिफ शेख १४ बलमा ९ रन जोड्दै आउट भएका हुन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा टस जितरे पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो।
२७५ रनको लक्ष्य पाएको नेपाल ताजा अवस्थामा ४.४ ओभरमा ३ विकेट गुमाउँदै ४० रनमा रहेको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ८ बलमा १६ रन जोड्दै आउट भएभने ज्ञानेन्द्र मल्ल ३ बलमा ५ रन जोड्दै आउट भएका हुन्।