Logo

५५ रनमै नेपाललाई चौथो झट्का



काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेलिरहेको नेपाललाई ५५ रनमै चौथो झट्का लागेको छ।

नेपालका लागि रोहित पौडेल १० बलमा ६ रन जोड्दै आउट भएका हुन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा टस जितरे पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो।

२७५ रनको लक्ष्य पाएको नेपाल ताजा अवस्थामा ८.१ ओभरमा ३ विकेट गुमाउँदै ५५ रनमा रहेको छ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ८ बलमा १६ रन जोड्दै आउट भएभने ज्ञानेन्द्र मल्ल ३ बलमा ५ रन जोड्दै आउट भएका हुन्।

यस्तै आशिफ शेख १४ बलमा ९ रन जोड्दै आउट भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot