Logo

प्रचण्ड सरकारको निर्णय– जनयुद्ध दिवस र पृथ्वीजयन्तीको बिदा ‘वार्षिक क्यालेन्डर’ मै राखिने



काठमाडौं, ५ फागुन । सरकारले जनयुद्ध दिवसमा र पृथ्वीजयन्तीको विदालाई सरकारको वार्षिक क्यालेन्डरमै समावेश गर्ने भएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषदको बैठकले पृथ्वीजयन्ती र जनयुद्ध दिवसको विदा क्यालेन्डरमै समावेश गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी गराइन् ।

सरकारले यस वर्ष पृथ्वीजयन्ती र जनयुद्द दिवस दुवैमा मन्त्रिपरिषदको निर्णय गरी विदा दिएको थियो । दुवै विदाका बारेमा सर्वत्र आलोचना भएपनि सरकारले क्यालेन्डरमै विदा समावेश गर्न लागेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्