काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीको थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा शल्यक्रिया भएको हो ।
सांसद भण्डारीकालाई उपचारका लागि नेपालमा उपयुक्त साधन नभएपछि थप उपचारका लागि बिहिबार श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । नेता भण्डारीको अहिलेको अवस्था खतरामुक्त रहेको
बताइएको छ । भण्डारीको दुईवटा खुट्टाको पहिलो अप्रेसन सफल भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । उनको हातको दोस्रो अपेशनका बारेमा अहिले छलफल भइरहेको छ । डा. भण्डारीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया गरिँदै
https://www.facebook.com/gaganthapasupporters/videos/771236270561452/